झापा-सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगी प्रकरणकाे अनुसन्धान अघि बढेको बताएका छन् ।
सहकारी ठगी अनुसन्धान कहीँ कतैबाट पनि प्रभावित नहुने जनाउँदै सञ्चारमन्त्री गुरुङले सरकार अहिले कुनै पार्टीको नेतालाई समात्ने र फसाउने पक्षमा नरहेको प्रष्ट पारे ।
सही गलत छुट्याउने जिम्मा न्यायालयको भएको जनाउँदै मन्त्री गुरुङले सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा अनुसन्धान अगाडि बढेको बताए ।


















