काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २ लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ ।
मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभर परीक्षण अभियान सञ्चालन गर्न लागेको हो ।
परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्नेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले महिलामा हुने पाठेघर तथा स्तन क्यान्सर रोकथामका लागि देशैभर अभियानका रूपमा स्क्रिनिङ थाल्ने बताए ।
महाशाखाका प्रमुख डाक्टर विवेककुमार लाल फागुन महिनाभर देशैभर एकसाथ महिलाहरूमा क्यान्सर सम्बन्धी परीक्षण गर्न लागिएको बताउँछन् ।