६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

क्यानाडा पठाउने नाममा ठगी गरेको आरोपमा बिर्तामोडका भण्डारी पक्राउ



झापा-क्यानडा लैजाने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग पैसा असुल गरी ठगी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड-९ स्थायी घर भएका पुरुषोत्तम भण्डारीलाई पक्राउ गरेको छ ।

युवाहरूलाई प्रलोभनमा पारेर क्यानडा पठाउने नाममा रकम असुल गरी ठगी गरेको आरोपमा २३ वर्षीय भण्डारी पक्राउ परेका हुन् ‌। उनलाई कोटेश्वरबाट समातिएको प्रहरीले जनाएको छ ।

भण्डारीले विभिन्न युवाहरूलाई प्रलोभनमा देखाएर ८४ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ००:००  ६ : ०६ बजे