२ असार २०८२, सोमबार | Tue Jun 17 2025

मुद्दा दर्ताका लागि लामिछानेलाई अदालत लगियो



पोखरा-सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई केहीबेर अघि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सम्भवत आज लामिछानेमाथि मुद्दा दर्ता हुनेछ । लामिछाने केही दिनदेखि कास्की प्रहरीको हिरासतमा राखिएका छन् । उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको हो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार ००:००  ११ : ४७ बजे