झापा– कांग्रेस र एमालेबीच असार १७ मा भएको नयाँ सत्ता समीकरण बनाउने समझदारीलाई कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको छ । उक्त समझदारीलाई लिएर विभिन्न आशंका उत्पन्न भइरहेका थिए ।
राष्ट्रिय सहमतिको सरकार गठन गर्ने गरी भएको सहमति तोडिन्छ कि भन्ने अन्योलका बीच कांग्रेस संसदीय दलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने गरी निर्णय गरेको छ ।
ओलीको नेतृत्वमा सरकार बन्ने गरी कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई हस्ताक्षरसमेत गराएको छ ।
समझदारी अनुरुप संविधानको धारा ७६ (२) अन्तर्गत पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने गरी कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई हस्ताक्षरसमेत गराएको छ ।
दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले दुई दलबीचको सहमतिलाई लिएर अब कुनै खालको आशंका नरहेको बताए ।