७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

एम्बुलेन्सको रङमा एकरुपता ल्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन



झापा-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर सञ्चालन भइरहेका एम्बुलेन्सको रङमा एकरुपता ल्याउन सरोकारवाला सबैलाई निर्देशन दिएको छ ।

एम्बुलेन्सको रङ, साइरन र अन्य संकेतहरूमा एकरुपता ल्याउन मन्त्रालयले निर्देशन जारी गरेको हो । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ मा यस्तो व्यवस्था छ ।

निर्देशिकामा तोकिएको मापदण्ड पालना गर्न मन्त्रालयले सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार गरेको छ ।

निर्देशिकाले तोकेका मापदण्ड पूरा नगरे एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण नगर्ने मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयले एम्बुलेन्समा जिपिएस अनिवार्य जडान गरिएको हुनुपर्ने पनि जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ००:००  ९ : २४ बजे