काठमाडौँ-प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेलमा भन्दा पनि अब जनताको अधिकार प्राप्तिको आन्दोलनमा आफूलाई समर्पित गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले सत्ताको माेह त्यागेर जनताको बीचमा जाने निष्कर्षमा पुगेको बताए । बैठकमा उनले भने, ‘प्रचण्ड अब सत्ताको खेलमा लाग्ने छैन ।’
जनतासँग संवादकाे कमजोरी भएको उल्लेख गर्दै माओवादी अध्यक्ष प्रचण्डले व्यवहारका कमजोरी सच्याउँदै सीमान्तहरूको अधिकारका लागि लाग्ने बताए । उनले माओवादीको ध्यान अब सत्तामा नरहेको स्पष्ट पारे ।
















