६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् : महासंघ अध्यक्ष ढकाल



काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्र चलामान हुन थालेको बताएका छन् । पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिँदै गएको जनाउँदै त्यसको प्रभाव बजारमा परेको अध्यक्ष ढकालले बताए ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र र बलियो पूर्वाधार विषय कार्यक्रममा अध्यक्ष ढकालले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका हुन् ।

‘सेयर बजारमा देखिएको एउटा उत्साहले पनि बजारको अवस्था सुध्रिदै गएको अनुभूत हुन्छ’, कार्यक्रम अध्यक्ष ढकालले भने,’ घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको छ । विदेशी मुद्राको सञ्चिति पनि हालसम्मकै उच्च हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा छ।’

अध्यक्ष ढकालले आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग बनाउने सरकारको तयारी स्वागतयोग्य रहेकाले त्यसलाई निजी क्षेत्रले सहयोग गर्ने बताए । उनले निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानुन निर्माण गर्न नहुनेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार ००:००  ८ : ५० बजे