झापा- नेकपा एमालेका सांसद योगेश भट्टराईले देश र जनताको निराशा चिर्न दुई ठूला दलहरूले नयाँ सत्ता समीकरणका लागि कठोर निर्णय लिनु परेको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले दुई ठूला दल मिल्नै पर्ने बाध्यता आइपरेकोले कठोर निर्णय लिनुपरेको बताएका हुन् ।
‘सामान्यतया संसदका दुई वटा प्रमुख दल मिलेर सरकार बनाउने कुरा हुन्न । तर, यो देश बचाउन र जनताको निराशा चिर्न ठूला दललाई आइलागेको बाध्यता हो,’ एमाले सचिवसमेत रहेका भट्टराईले भने
















