८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

बिहानै कमल पुलमा दुर्घटना : मोटरसाइकल चालकको मृत्यु



बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सतासीधाममा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका-१ कमल पुलमा प्रदेश १- ०१-००१च ८२२१ नम्बरको पिकअप र मे ६ प २५१४ नम्बरको मोटरसाइकल आपसमा जुध्दा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सतासीधाम-८ का ललितबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान ५ बजे भएको दुर्घटना लगत्तै थापालाई उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा ६.५५ बजे उनको निधन भएको हो ।

घटनापछि प्रहरीले पिकअप चालक मेचीनगर नगरपालिका-८ बस्ने ३१ वर्षीय विशाल खवासलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार ००:००  ७ : ४५ बजे