जनकपुर-जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएकामध्ये थप ३ जना थुनुवा पक्राउ परेका छन् । धनुषाको लखौरीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा लागूऔषध मुद्दाका अमित कुमार झा, रन्जित मण्डल र अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर रहेका छन् । आइतबारराति भेन्टिलेसन तोडेर उनीहरू फरार भएका थिए ।
फरार भएकामध्ये अब दुईजना पक्राउ पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रन्जन अवाले जानकारी दिए ।