२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

मोरङको मिक्लाजुङमा स्कुटर दुर्घटना : मेचीनगरका थुलुङको मृत्यु



मोरङ – मोरङको मिक्लाजुङमा एउटा स्कुटर अनियन्त्रित भई रुखमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । घटना बिहीबार दिउँसोको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले किसान चोकबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४०६४ नम्बरको स्कुटर दुर्घटनामा परेको बताए ।

मिक्लाजुङ गाउँपालिका–६ सुन्दरी चोकस्थित जंगलमा दुर्घटनामा परेर स्कुटर चालक झापाको मेचीनगर नगरपालिका–१ का अन्दाजी ५५ वर्षीय कृष्ण थुलुङको घटनास्थलमै मृत्यु भएको डीएसपी बस्नेतले जानकारी दिए ।

दुर्घटनामा स्कुटरको पछाडि सवार मिक्लाजुङ गाउँपालिका–६ का ५० वर्षीय रमेश राई गम्भीर घाइते भएका छन् । स्कुटर अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ००:००  ७ : ४९ बजे