११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या ११ लाख नजिक



झापा-नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या उत्साहप्रद देखिएको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

बोर्डका अनुसार ११ महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्या १० लाख नाघेको छ । सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५३३ जना पर्यटक नेपाल आएका छन् ।

पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले पर्यटक आगमनको पछिल्लो यो सङ्ख्याले पर्यटन उद्योगमा उत्साह थपिएको बताए । उनले नेपालको पर्यटन उद्योगले बिस्तारै गति लिने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार ००:००  ८ : ४६ बजे