११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

झापा र इलाममा सबैभन्दा धेरै वर्षा : उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल



झापा-लगातारको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बिहिबार बिहानदेखि निरन्तर वर्षा भइरहेको हो ।

पछिल्लो १२ घण्टामा देशैभर भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा झापा र इलाममा सबैभन्दा धेरै पानी परेको छ ।

मौसमविद् बिनु महर्जनले काठमाडौँ सहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको बताएका छन् । विगत १२ घण्टामा कोशी प्रदेशको झापा इलाम लगायतका क्षेत्रमा अति भारी वर्षा भएको विभागको रेकर्डले देखाएको छ ।

झापाको बिर्तामोडमा २०३ मिलिमिटर, चन्द्रगढी विमानस्थलमा २६० मिलिमिटर र इलाममा २४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् महर्जनले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार मध्यान्हपछि मात्रै मौसममा सुधार आउनेछ । जल तथा मौसम विज्ञान विभागले मोबाइल मार्फत सार्वजनिक सूचना पठाएर उच्च सतर्कता अपनाउन अपिल पनि गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ००:००  ५ : ३७ बजे