१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा महेन्द्रकुमार गिरी



झापा-राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य महेन्द्रकुमार गिरी बैंकको अध्यक्षमा चयन भएका छन् । सञ्चालकहरू मध्येबाट गिरीलाई अध्यक्षका रूपमा चयन गरिएको हो ।

साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख गिरी सामाजिक अभियानमा पनि सक्रिय छन् । लामोसमयदेखि सहकारी अभियानमा उनको नेतृत्वदायी भूमिका छ ।

सहारा नेपाल सदस्य सङ्ख्या र कारोबारका हिसाबले मुलुककै ठूलो सहकारी संस्थाका रूपमा स्थापित छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार ००:००  ९ : १४ बजे