काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको शरणमा नजाने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित खबरदारी सभामा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले काङ्ग्रेस र एमालेको शरणमा गएर प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् नभन्ने बताए । उनले आफूसँग सरकार ढाल्ने क्षमता नभएको जनाउँदै त्यसका लागि आन्दोलन नगरेको स्पष्ट पारे ।
‘कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरियो’ खबरदारी सभामा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘हामी सरकार फेर्ने हतारोमा छैनौं यदि कसैलाई त्यस्तो लाग्छ भने त्यो भ्रम मात्रै हो ।’