काठमाडौँ-सर्वोच्च अदालतले मानव तस्करी प्रकरणमा मुछिएका एमाले सांसद लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार गरेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च प्रशासनमा रिट दायर गरेका थिए । तर, प्रशासनले उक्त रिट दरपीठ गरेको हो । यसअघि प्रहरीले कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीसहित १२ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सरकारका तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने अन्तिम निर्णयको अधिकार महान्यायाधिवक्तालाई छ ।