११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

चार महिनामा दुई अर्ब २० करोडको चिया निर्यात



काँकडभिट्टा-पूर्वी नाका काँकडभिट्टाबाट चार महिनाको अवधिमा ८००६२ दशमलव १६४ मेट्रिक टन चिया निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा चियाको निर्यात ६९.२२ प्रतिशतले बढेको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले चिया निर्यातको परिमाणसँगै यसको मूल्यमा समेत ६७.८७ वृद्धि भएको बताए ।

सूचना अधिकारी कँडेलका अनुसार पहिलो चार महिनामा २ अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार ००:००  ८ : ४० बजे