बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड ६ कुमारी चोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । सोमबार राति ८ बजे उक्त दुर्घटना भएको हो ।
झापाको चारआलीबाट बिर्तामोड आउँदै गरेको प्र १-०१- ०१३ प २८०९ नम्बरको मोटरसाइकलले पैदल यात्री बिर्तामोड-६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूलाई ठक्कर दिएको थियो ।
टाउको र खुट्टामा चोट लागेका श्रेष्ठको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि मोटरसाइकल चालक बुद्धशान्ति ४ का ३२ वर्षीय विकास लिम्बू पक्राउ परेका छन् ।