११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

वीर अस्पताल भर्ना भए मेडिकल व्यवसायी दुर्गा प्रसाई



काठमाडौँ-एकपछि अर्को गर्दै विवादास्पद घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई उपचारका लागि आइतबार साँझ वीर अस्पताल लगिएको छ ।

जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उपचार गराउन प्रसाईलाई अस्पताल लगिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । प्रसाई क्यान्सर रोगका बिरामी छन् ।

आइतबार अदालतले क्यान्सरका बिरामी रहेका प्रसाईलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएको थियो । अदालतले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति पनि दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार ००:००  ९ : १८ बजे