८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

पार्टी सभापतिमा उम्मेद्वारी दिने कोइरालाको घोषणा



मोरङ-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा शुक्रबार मधेस प्रदेशका नेताहरूसँग भएको भेटमा कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै कन्फ्युजन नराख्न नेता कार्यकर्तालाई भनेका छन् ‌। जित्नका लागि सभापतिमा उठ्ने बताउँदै उनले गुमेको पार्टीको साख फर्काउने बताए ।

नेताहरूसँगको भेटमा कोइरालाले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको सुनाएका छन् । उनले आफ्नो कार्यक्षेत्रमा खटिएर माहोल सिर्जना गर्न नेताहरूलाई निर्देशन पनि दिएका छन् ।

२०८२ मङ्सिरभित्रै नेपाली कांग्रेसको १५ औँ महाधिवेशन हुने चर्चा छ । समयमा महाधिवेशन नभए पार्टीको अस्तित्व धरापमा पर्ने कोइरालाले बताउँदै आएका छन् ।

समयमा महाधिवेशन गराउने कुरामा लाग्न नेता कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ००:००  ९ : ५४ बजे