७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

चारपानेमा ह्वाइट एञ्जल ब्युटी सैलुनकाे तीज विशेष कार्यक्रम



बिर्तामोड-महिलाहरूको सीप तथा क्षमताको विकासका लागि नियमित तालिम सञ्चालन गर्दै आएको झापाको बिर्तामोड स्थित शनिश्चरे रोडमा रहेको ह्वाइट एञ्जल ब्युटी सैलुनले बुधबार तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।

सैलुनमा ब्युटिसियन तालिम गरिरहेका प्रशिक्षार्थीसहित महिला दिदीबहिनीहरूको सहभागितामा सैलुनले तीज विशेष कार्यक्रम आयोजना गरेको हो ।

व्युटी सैलुनका सञ्चालक सुजाता गिरी र रीना बरालको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको थियो । राजनीतिक तथा सामाजिक व्यक्तित्व पार्वता गिरी र यशोदा उप्रेती लगायतको आतिथ्यमा भएको कार्यक्रममा व्युटी सैलुनकी व्यवस्थापक प्रमिशा गिरीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा सहभागी आमा दिदीबहिनीहरूले दर खाएर तीज गीतमा नाचगान गरेका थिए । दुबईमा छवटा शाखा सञ्चालन गरिरहेको ह्वाइट एन्जल ब्युटी सैलुनले नेपालमा चार महिनाअघि पहिलो शाखा खोलेको थियो ।

महिलाहरुलाई व्युटीसियन सम्बन्धी सीप तथा तालिम प्रदान गर्ने उद्देश्यले खोलिएको बिर्तामोड शाखामा ८६ जना प्रशिक्षार्थी रहेको सञ्चालक गिरीले बताइन् ।

तालिममा सहभागीमध्ये सात जना रोजगारीका लागि दुबै जाने तयारीमा छन् । उनीहरूको भिजा लागिसकेको सञ्चालक गिरीले बताइन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ६ : ०८ बजे