५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कांग्रेसले उल्लङ्घन गरेको सहमति सच्याएकाले नयाँ सहमति भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको दाबी



झापा-प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिको राजनीतिक आधार भएको बताएका छन् ।

अनलाइन खबरलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार रिमालले २०७२ सालमा भएको सहमतिको उल्लङ्घन अहिले कांग्रेसले समीक्षा गर्दै सच्याएको बताएका हुन् ।

अन्तर्वार्तामा रिमालले भनेका छन्, ‘सहमति बिग्रियो भने विग्रह कति परसम्म जाँदो रहेछ भन्ने कांग्रेसले देख्यो संविधान बन्दा सबै मुख्य दल मिलेका थियौँ ‌। संविधान जारी गरेपछिको रोडम्याप पनि थियो ।’

विश्वास आर्जन गर्दै चुनावसम्म पुग्ने स्पष्ट पार्दै सल्लाहकार रिमालले कांग्रेससँग पनि यही कुरा लागू हुने र एमालेका तर्फबाट विश्वास निर्माणमा तल माथि नहुने बताए ।

नेपाली कांग्रेस र एमालेबीच भएको सहमति जस्ताको तस्तै बाहिर आउने बताउँदै रिमालले विश्वासको मत लिने बेला प्रधानमन्त्रीले त्यस विषयमा थप प्रष्ट पार्ने उल्लेख गरे ।

रिमालले अन्तर्वार्तामा अगाडि भनेका छन्, ‘मेरो बुझाइमा भोलिसम्म कुरौं । लुकाउनुपर्ने जरुरी छैन । अपारदर्शी गरेर के फाइदा छ र ? दुई दल बीच सत्ता चलाउने समझदारी भएको हो । त्यो समझदारीको सर्तनामा भोलि बाहिर आउँछ ।’

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार ००:००  ९ : ३१ बजे