८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

कचनकवलमा २४९ जनालाई अपाङ्गता परिचयपत्र वितरण



कचनकवल-दक्षिणी झापाको कचनकवल गाउँपालिकामा २४९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । त्यहाँ आयोजना गरिएको शिविरमार्फत उनीहरूले परिचयपत्र प्राप्त गरेका हुन् ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजबंशीले सातवटा वडामा पौष ७ गतेदेखि सुरु भएको शिविर शनिबार सकिएको बताए ।

अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत झापाका १५ वटा स्थानीय तहमा यस्ता शिविर सञ्चालन भइरहेका छन् ।

कचनकवलमा आयोजित शिविरमार्फत ८३० जनाले सेवा लिएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

स्थानीय र प्रदेश सरकारसँगको साझेदारीमा करुणा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ००:००  ९ : ०३ बजे