झापा-नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीले व्यावसायिक रूपमा उत्कृष्ट नतिजा हासिल गरेको छ । प्रदर्शनमा आएको १४ दिनमा यो फिल्मले २७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।
निर्माता बिनोद पौडेलका अनुसार यो नेपालको मात्रै कलेक्सन हो । ओभरसिजको कलेक्सन सार्वजनिक हुन बाँकी नै छ । पूर्णबहादुरको सारङ्गीले १३ दिनको कलेक्सनबाटै कबड्डी ४ को रेकर्ड तोडेको छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । चलचित्रको संवाद महेश दबाडीले लेखेका हुन् ।