८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

भन्सार छलेर ल्याइएको कपडा र जुत्ता बरामद



बिर्तामोड-भारतबाट भन्सार छलेर ल्याइँदै गरेको पर्दाको कपडा र जुत्ता प्रहरीले झापाका अलग-अलग स्थानबाट बरामद गरेको छ । भन्सार चेकजाँच छलेर ल्याइएका ती सामान बुधबार साँझ बरामद गरिएका हुन् ।

मेचीनगर ६ टोकला बगान क्षेत्रबाट २ लाख ७५ हजार मूल्य बराबरको पर्दाको कपडा र मेचीनगर १० धुलाबारी पेट्रोल पम्प क्षेत्रबाट ४८ हजार मूल्य बराबरको जुत्ता बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले कपडा र जुत्ता बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामान मेची भन्सार कार्यालयमा बुझाइएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ९ : ०० बजे