१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

असार २२ मा पत्रकार महासङ्घको निर्वाचन



झापा-नेपाल पत्रकार महासङ्घले असार २२ का लागि निर्वाचनको मिति घोषणा गरेको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सदस्यता विवाद टुङ्गिन बाँकी रहेकै अवस्थामा महासङ्घले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । घोषित कार्यतालिका अनुसार असार १३ गते उम्मेदवारको मनोनयन हुनेछ ।

असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार ००:००  ९ : ३५ बजे