झापा-वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १४१ जना नेपाली जेल परेका छन् । मलेसियाका विभिन्न जेलमा उनीहरूले कैद सजाय भोगिरहेका छन् ।
बलात्कार,हत्या, झै-झगडा लगायतका मुद्दामा नेपाली जेल पर्ने क्रम बढेको हो । अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा समेत ५७ जना नेपाली मलेसियाको जेलमा छन् ।
मलेसिया स्थित नेपाली दूतावासका प्रथम सचिव बलिराम प्रसाद धामीले छ जना नेपालीलाई आजीवन जेल अर्थात् जन्मकैदको फैसला भएको बताए ।
अघिल्ला वर्षमा मलेसियाको जेलमा ४८१ जना नेपाली रहेका थिए । त्यो सङ्ख्या घटेर अहिले १४१ जनामा सीमित भएको हो ।


















