काठमाडौँ-पार्टी अध्यक्ष रवि लामिछानेको निरन्तर तेजोबध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकाल पार्टीबाट निष्कासित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो । यसअघि उनलाई दुईपटकसम्म स्पष्टीकरणको मौका दिइएको थियो ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी विधानको धारा ५६ (३) बमोजिम पार्टी सदस्य ढकालको साधारण सदस्यता खारेज गर्ने निर्णय भएको बताए ।
केन्द्रीय अनुशासन आयोगको सिफारिसहितको प्रतिवेदनका आधारमा पूर्व महामन्त्री ढकाललाई पार्टी विधान बमोजिम अन्तिम स्पष्टीकरणको मौकासहित कारबाही गरिएको हो ।

















