११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

दुर्गा प्रसाईकाे भरपर्दो उपचार व्यवस्था मिलाउन सर्वोच्चको आदेश



झापा-सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई भरपर्दो उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले प्रसाईको उपचार व्यवस्था गर्न सर्वोच्चले बुधबार आदेश दिएको हो ।

झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाई केही दिनदेखि प्रहरी हिरासतमा छन् । सर्वोच्चले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न निर्देशन दिएको सह रजिस्ट्रार अच्युत कुँइकेलले बताए ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन भने खारेज गरेको छ । प्रसाईका छोरा निरजले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

प्रवक्ता कुइँकेलका अनुसार न्यायाधीश महेश शर्मा र नित्यानन्द पाण्डेको इजलासले मेडिकल व्यवसायी प्रसाईलाई उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ००:००  ८ : ५६ बजे