८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

युरोपियन मुलुकमा नेपाली टिमुरको माग उच्च



झापा-अमेरिकासहित युरोपियन मुलुकहरूमा नेपाली टिमुरको माग उच्च भएको छ । मसलाजन्य औषधिकाे रूपमा प्रयोग हुने भएकाले पश्चिमा राष्ट्रहरूमा टिमुरको माग बढेकाले हाे ।

नेपालका ३८ जिल्लामा टिमुर खेतीका लागि हावापानी उपयुक्त छ । तर, ती जिल्लामा कति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग छैन ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १ लाख ८० हजार किलो नेपाली टिमुर अमेरिका निर्यात भएको थियो । तर, मागअनुसार उत्पादन भने छैन ।

नेपाली बजारमा टिमुरको मूल्य प्रति किलो नाै सय रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा प्रति किलो १४०० सम्ममा बेच्न सकिने विज्ञहरु बताउँछन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  ३ : १६ बजे