झापा- मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट बस नदीमा खसेको हो ।
सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको बताए । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ ।
पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रवार बिहान तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
तनहुँका डीएसपी दीपककुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताए ।


















