झापा- विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन उदीयमान खेलाडी छनोट गरेको छ । कोसी प्रदेशका पाँच जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका तीनजना उत्कृष्ट खेलाडीको नाम बिहीबार सार्वजनिक गरिएको हो ।
किंग्सले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ । अब अन्तिम चरणको छनोटबाट यी तीनमध्ये एकजनाले एनपीएलमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउने छन् ।
विराटनगर किंग्सले कोसी प्रदेशका इलाम, झापा, सुनसरी, उदयपुर र मोरङमा ट्यालेन्ट हन्ट गरेको थियो । विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्राइन रहेका छन् ।
विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने छन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आठ टोलीको सहभागितामा यही मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ ।