२ असार २०८२, सोमबार | Tue Jun 17 2025

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कपडा बरामदको जस लिने होडबाजी



बिर्तामोड-शुक्रबार दिउँसो साढे १ बजे सशस्त्र प्रहरीले सञ्चारकर्मीलाई कपडा बरामदका विषयमा इमेल पठायो । इमेलमा सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको प्रहरी टोलीले १२ लाख २० हजार ६०० मूल्य बराबरको कपडा बरामद गरेको उल्लेख थियो ।

कचनकवल गाउँपालिका ६ का वर्ष ४० को नजाम खातुनको घरमा छापा मारेर सशस्त्र प्रहरीले भन्सार छलेर भित्र्याइएको कपडा बरामद गरेको इमेलमा लेखिएको छ । सशस्त्रले आफ्नो इमेलमा नेपाल प्रहरीको सहयोग वा उपस्थितिका विषयमा कुनै पनि कुरा उल्लेख गरेको छैन ।

कचनकवलको कपडा बरामदकाे उक्त घटनाकाे विषयमा साँझ ५.३९ मा जिल्ला प्रहरी कार्यालय झापाले सञ्चारकर्मीलाई इमेल पठायो । इमेलमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बनियानी र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म घेरावारीबाट खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको उल्लेख छ ।

एउटै घटनामा सामेल भएका दुई सुरक्षा निकायले कपडा बरामदका विषयमा जस लिन प्रतिस्पर्धा गरेका छन् । अझ सशस्त्र प्रहरीले त नेपाल प्रहरीको नाम पनि लिएको छैन । यसको अर्थ नेपाल प्रहरीको भूमिका थिएन भन्ने बुझिन्छ ।

तर, नेपाल प्रहरीले साँझ भने आफ्ना दुई प्रहरी कार्यालय र सशस्त्र प्रहरीको गुल्मको संयुक्त पहलमा कपडा बरामद भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार ००:००  ८ : २० बजे