झापा-नेकपा एकीकृत समाजवादी पार्टीले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन गर्न निर्देशन दिएको छ । तोकिएको समय सीमाभित्र सम्मेलन गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्न समाजवादीले निर्देशन दिएको हो ।
समाजवादी पार्टीका सचिव सोमप्रसाद पाण्डेले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्र पठाइएको बताए । उसले तोकिएको समय सीमाभित्रै सबै प्रादेशिक तहमा सम्मेलन सम्पन्न हुने विश्वास पनि व्यक्त गरेका छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय संगठनका प्रदेश इन्चार्ज तोक्न नेताहरूको कार्यविभाजन विभिन्न आयोग तथा विभाग गठन गर्ने प्रस्ताव अगाडि बढाउनेछ ।

















