११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

साहित्यकार कृष्ण धरावासी अभिनन्दित



बिर्तामोड-साहित्य चौतारी झापाले संस्थाका संस्थापक सल्लाहकार कृष्ण धरावासीलाई अभिनन्दन गरेको छ । मदन पुरस्कार विजेता समेत रहेका धरावासी हाल अमेरिकामा बस्दै आएका छन् ।

संस्थाका मानार्थ सल्लाहकार साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा भएको कार्यक्रममा धरावासीलाई अभिनन्दन गरिएको हो ।

साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली लगायतले साहित्यकार धरावासी र उनकी धर्मपत्नी मञ्जु बिमलीलाई पुष्पहार पहिर्‍याएर अभिनन्दन पत्र प्रदान गरेका छन् ।

कार्यक्रममा साहित्यकार धरावासीको व्यक्तित्वमाथि गणेश निरौलाले प्रकाश पारेका छन् । कार्यक्रममा संस्थाका सल्लाहकार साहित्यकार हरिनारायण भट्टराईको दोस्रो कृति संस्मरण एक समीक्षा अनेकको विमोचन गरिएको सचिव तुलसी निरौलाले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार ००:००  ६ : १३ बजे