१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

रावल माथिको कारबाही स्वभाविक भएको एमालेकाे निष्कर्ष



काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावल माथिको कारबाही स्वभाविक भएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा बिहिबार बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल माथिको कारबाहीलाई स्वभाविक भनेको हो ।

निरन्तर पार्टी नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, पार्टीले सोधेको स्पष्टीकरण नबुझाएको लगायतका कारण जनाउँदै एमालेले रावललाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

निष्कासित भएपछि पूर्व उपाध्यक्ष रावलले तल्लो स्तरमा झरेर गालीगलौज गरेको भन्दै प्रतिवाद गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई निर्देशन दिनुभएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार ००:००  ९ : ५७ बजे