१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका जाँदै



काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अमेरिका प्रस्थान गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार असोज १० गते प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली असोज ८ गते महासभाको उद्घाटन कार्यक्रममा सरिक हुनुका साथै ९ गते अमेरिकी राष्ट्रपति जो बाइडनले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्ता समेत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार ००:००  ९ : ५५ बजे