९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

कमिलाले टोकिरहेको अवस्थामा निन्दा खोला नजिकै भेटियो नवजात शिशु



झापा-झापाको मेचीनगर-१० स्थित निन्दा खाेला नजिक घारीमा सालनाल सहितको नवजात शिशु फेला परेको छ । कमिलाले टोकिरहेको रक्ताम्य अवस्थामा नवजात शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीबार बिहान मेचीनगर-११ की इन्दिरा प्रसाईले मर्निङ वक गर्ने क्रममा घारीमा शिशु रोएको आवाज आएपछि आफैंले उद्धार गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाएकी थिइन् ।

मेचीनगर १० वडा कार्यालयसँग समन्वय गरी प्रहरीले शिशुलाई वडा कार्यालयको जिम्मा लगाएको छ । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र सो सम्बन्धमा अनुसन्धान भइरहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ००:००  ७ : ४० बजे