बिर्तामोड-झापाको कनकाई नगरपालिका ३ मा गौ हत्या भएको छ । मुस्लिम समुदायका एक जना व्यक्तिले गौ हत्या गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ ।
गौ हत्या भएको घटनास्थल कनकाईको टप्पु बस्तीमा अहिले स्थानीयको भीड लागेको छ । जनप्रतिनिधिसहित प्रहरीको टोली पनि घटनास्थलमा छ । यसअघि दमकमा पनि गौ हत्या भएको थियो ।
स्थानीय लीला संग्रौलाको घर भाडामा लिएर बसेका मुस्लिम थरका व्यक्तिले गाई काटेका हुन् । उनले हरिकुल स्कुल नजिकका दुर्गा सिलवालको लैनो गाई राति चोरी भएको थियो ।