८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

पत्रकार निरौलालाई डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार



बिर्तामोड- साहित्य चौतारी झापाले बिर्ता ज्योति साप्ताहिकका सम्पादक तुलसी निरौलालाई पुरस्कृत गरेको छ । चौतारीले पत्रकार निरौलालाई रजत वर्षको अवसरमा डिकमान विरही स्मृति साहित्य चौतारी पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

साहित्य चौतारीका प्रेस सल्लाहकार समेत रहेका निरौला लामो समयदेखि झापाको पत्रकारितामा क्रियाशील छन् । पुरस्कारको राशि पाँच हजार एक सय रुपैयाँ रहेको छ ।

झापाका अग्रज सिद्धहस्त पत्रकार, लेखन शील्पका धनी बहुआयामिक व्यक्तित्व डिकमान विरहीको स्मृतिमा साहित्य चौतारीले उक्त पुरस्कार स्थापना गरेको थियो ।

साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच पत्रकार निरौलालाई पुरस्कृत गरिएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार ००:००  १ : ५५ बजे