११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

माओवादीद्वारा राहत तथा पुनर्निर्माण कोष स्थापना गर्न माग



मोरङ-नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले तत्काल राहत तथा पुनर्निर्माण कोष स्थापना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर नेकपा माओवादी केन्द्र संसदीय दलले राहत तथा पुनर्निर्माण कोष स्थापना गर्न ध्यानाकर्षण गराएको हो ।

बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएकाले राहत तथा पुनर्निर्माण कोष स्थापना गर्न माग गरिएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङबोले बताए ।

‘सरकारको नियमित बजेटबाट राहत पुनस्थापना र पुनर्निर्माण सम्भव नभएकाले छुट्टै कोष स्थापना गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ’, संसदीय दलका नेता आङ्बाेले भने ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार ००:००  ९ : ०१ बजे