विराटनगर-कोशी प्रदेश सरकारमा कांग्रेसको सहभागिता अनिश्चित बनेको छ । एमाले नेतृत्वको सरकारमा जाने विषयमा सहमति भए पनि आन्तरिक विवाद व्यवस्थापनमा समस्या भएपछि कांग्रेस सरकारमा सहभागी हुन ढिलाई भएको हो ।
‘लाप्पा खेल्न जाने कुरा भएन’
मोरङ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारका विषयमा कसैले नमिठो बोल्दैमा लाप्पा खेल्न जान नहुने टिप्पणी गरेका छन् । ‘कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन’, मुख्यमन्त्री कार्कीले विराटनगर विमानस्थलमा पत्रकारसँग भने । सरकारको काम विश्वासिलो ढंगले गरेर अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री कार्कीले तथ्य बिना बोल्नेकाे पछाडि नलाग्ने बताए ।
कहिलेसम्म सरकारमा जाने भन्ने विषयमा स्वयम् कांग्रेस नेताहरु पनि अलमलमा छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकारमा सहभागी हुने कांग्रेस सांसदहरूको नाम मागिरहेका छन् ।
तर, सत्ता सहयात्री दल कांग्रेसले आफ्ना मन्त्रीको टुङ्गो लगाउन सकिरहेको छैन । साउन १२ मा एमालेसँग भएको सहमति लगत्तै कांग्रेस सत्तामा जाने अनुमान गरिएको थियो ।
एमाले नेताहरूकै शब्दमा भन्ने हो भने नेपाली कांग्रेसले सरकारमा जाने भाका निरन्तर सारिरहेको छ । मुख्यमन्त्री कार्की हरितालिका तीजपछि सरकार विस्तार हुने अपेक्षामा छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले सरकार विस्तारका लागि गति बढाउन कांग्रेसलाई आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीकै शब्दमा कांग्रेसको आन्तरिक कारणले सरकार विस्तारमा ढिलाई भएको हो ।