१ असार २०८२, आइतबार | Sun Jun 15 2025

काङ्ग्रेस नेताले सरकारको विकल्प खोज्दैछन् : पुन



रुकुम पूर्व-नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले कांग्रेस नेताहरूले वर्तमान सरकारको विकल्प खोज्न थालेको जिकिर गरेका छन् ।

रुकुम पूर्वमा माओवादीको अधिवेशन उद्घाटन गर्दै उपमहासचिव पुनले सरकार परिवर्तनका विषयमा कांग्रेस नेताहरुले सक्रियता बढाएको दाबी गरेका हुन् ।

पूर्व अर्थमन्त्री समेत रहेका उपमहासचिव पुनले आफ्नो पार्टी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने स्पष्ट पारे । सडक र सदनबाट जनताका मुद्दा उठाउने बताउँदै उनले सरकारी कार्यशैली ठीक नभएको बताए ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार ००:००  ८ : ३९ बजे