७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

दुर्घटनामा युवतीको मृत्यु : माझीको हत्या, हात्ती आक्रमणमा भण्डारीको ज्यान गयो



बिर्तामोड-झापामा शनिवार साँझयता आइतवार बिहानसम्म तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा शिवसताक्षी नगरपालिका ७ घर भएकी २२ वर्षीया रोजी कटुवालले ज्यान गुमाएकी छन् ।

कटुवाल सवार मे १० प ६०१७ नम्बरको स्कुटीलाई शनिवार साँझ ना ३ ख ४३६४ नम्बरको ट्रकले बिर्तामोडको रामचोकमा ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार झापाको बाह्रदशी गाउँपालिका–५ का ४५ वर्षीय गङ्गालाल माझीको शनिवार राति हत्या भएको छ । माझीलाई रडले हानेर मारेको आरोपमा मानपुर राजवंशी पक्राउ परेका छन् । उनलाई बिर्तामोड प्रहरीको हिरासतमा राखिएको छ ।

आइतबार बिहान २ बजे हात्तीको आक्रमणबाट दमक–३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीले ज्यान गुमाएका छन् ।

छिमेकी सुबिन भट्टराईको किचन भत्काउन लाग्दा भण्डारीले हात्तीलाई धपाउन खोजेका थिए । हात्तीले १०० मिटर परसम्म लखेटेर भण्डारीलाई लछारपछार पारेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार ००:००  ८ : २३ बजे