बिर्तामोड-मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजना युवकको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी-५ घर भएका ६६ वर्षीय दरपलाल राजवंशी रहेका छन् ।
राजवंशीलाई शिवगञ्जबाट भेलामुनितर्फ जाँदै गरेको मे ३ प ४६०२ नम्बरको मोटरसाइकलले मंसिर १४ गते साँझ ठक्कर दिएको थियो । राजवंशी साइकलमा सवार थिए ।
घाइते अवस्थाका राजवंशीलाई तत्काल दमकस्थित आम्दा अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याइएको थियो ।
उपचारका क्रममा सोमबार दिउँसो राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।