५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

भट्टराई बिर्तामोड उद्योग वाणिज्य सङ्घको विशिष्ट सदस्यमा मनोनित



बिर्तामोड– बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायी निर्मल भट्टराईलाई विशिष्ट सदस्यमा मनोनित गरेको छ । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराईलाई संघले बिहीबार विशिष्ट सदस्यमा मनोनित गरेको हो ।

निर्मल स्टाेरका प्राेप्राइटर समेत रहेका भट्टराईलाई संघकाे विधान २०७३ काे परिच्छेद ३ काे दफा ६.१ काे उपदफा “घ” अनुसार संघकाे विशिष्ट सदस्य पदमा मनाेनित गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ ।

संघले उद्योगी व्यवसायीकाे हकहित, संरक्षण र प्राप्तिमा भट्टराईको कार्यकाल फलदायी रहने विश्वास पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार ००:००  ६ : ४९ बजे