२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य



झापा-नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रति लिटर एक रुपैयाँ घटाएको छ । हवाई इन्धनको पनि मूल्य घटेको छ।

आन्तरिक हवाई इन्धनतर्फ प्रति लिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको निगमले जनाएको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार ००:००  ९ : २५ बजे