८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

पाँचथरमा विस्फोट : तीन बालबालिका घाइते, दुईको अवस्था गम्भीर



पाँचथर-पाँचथरमा बिहीबार दिउँसो भएको विस्फोटमा तीनजना बालबालिका घाइते भएका छन् । फालेलुङ गाउँपालिका ५ प्राङबुङमा विस्फोट भएको हो।

विस्फोटबाट ११ वर्षीय दिप्सन, अढाई वर्षीया प्रिन्सा र नौवर्षीय पवन राई घाइते भएका छन् । घाइते बालबालिकालाई उपचारका लागि बिर्तामोड लगिएको छ ।

खेलिरहेको अवस्थामा डल्लो आकारको सामग्री पड्किएको घाइते बालबालिकाले जनाएका छन् । स्थानीयका अनुसार अपरान्न साढे २ बजे ठूलो आवाजमा विस्फोट भएको थियो।

विस्फोट लगत्तै गएर हेर्दा बालबालिका घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटना लगत्तै प्राङबुङबाट गएको प्रहरी टोलीले बालबालिकाको उद्धार गरेको हो ।

पाँचथरका प्रहरी प्रमुख डिएसपी हेमन्त भण्डारीले घाइतेमध्ये दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको बताए । उनका अनुसार दिप्सन र प्रिन्साको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार ००:००  ९ : ५७ बजे