१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

किराँत महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्ती : प्रदेशभर सार्वजनिक बिदा



झापा-किराँत धर्मगुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइदैछ । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारमा महागुरु फाल्गुनन्दको महत्वपूर्ण योगदान छ ।

विक्रम सम्वत १९४२ कार्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो ।

सत्य धर्म मुचुल्का मार्फत समाज सुधारको नीति बनाएका फाल्गुनन्दले सामाजिक रूपान्तरणको अभियानमा गरेको योगदानको कदर गर्दै सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

महागुरु फाल्गुनन्दको योगदानको कदर गर्दै पूर्वी नेपालका जिल्लामा फाल्गुनन्द जयन्ती मनाइँदै आएको छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार ००:००  ८ : ३६ बजे